बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेले बोलायो महाधिवशेन प्रतिनिधि परिषद् बैठक


    हुलाक प्रेस

    • शुक्रबार, फागुन २५ २०८००१:३३
    एमालेले बोलायो महाधिवशेन प्रतिनिधि परिषद् बैठक
    फाइल तस्वीर

    काठमाडौं । नेकपा एमालेकाे सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेकाे  छ । 

    शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । 

    बैठकपछि पत्रकारसँग कुरा गर्दै पोखरेलले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको  बताए । महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका सचिवालय बैठकले गरेकाे छ ।

    प्रमुख सत्ता घटक बनेकाे कुरालाई बैठकले सकारात्मक रुपमा लिएकाे र माओवादीसँगकाे सहकार्य वाम गठवन्धन हुँदै वाम एकतातर्फ लैजानुपर्ने राय सचिवालयमा आएकाे उनले बताए ।  


    प्रतिक्रिया दिनुहोस