काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनबाट दाहाल निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।