शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउँदै, चिरीबाबुले गरे शिलान्यास


    हुलाक प्रेस

    • मंगलबार, फागुन २९ २०८००२:१८
    ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउँदै, चिरीबाबुले गरे शिलान्यास

    काठमाडौं । ललितपुरस्थित चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको शिलान्यास गरेका छन् ।

    सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए।


    प्रतिक्रिया दिनुहोस