बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माधव नेपाललाई ब्यंग्य गर्दै ओलीको जवाफ– प्रधानमन्त्रीको पद बाँड्न अहिलेको गठबन्धन गरिएको हैन


    हुलाक प्रेस

    • बुधबार, फागुन ३० २०८०१२:४६
    माधव नेपाललाई ब्यंग्य गर्दै ओलीको जवाफ– प्रधानमन्त्रीको पद बाँड्न अहिलेको गठबन्धन गरिएको हैन

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा १५ महिनापश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा उनले अखबारमा आएजस्तो १३ वा १५ महिना प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे । “१३/१५ वर्ष प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको ? सहकार्य किन गरेको ? गरिमा घटाएको छ । यो खबर अनुचित कुरा हो” उनले भने, “त्यहाँ मेरो पनि नाम देखेँ । प्रधानमन्त्री हुनैका लागि हामीले यसो गरेको छैन । मलाई प्रधानमन्त्रीको इच्छा हैन ।”

    सत्तासाझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का नेताले अबको १५ महिनामा प्रधानमन्त्री फेरिने बताइरहेका छन् । त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने उनीहरूको भनाइ छ । त्यसपश्चाात् मात्र ओली प्रधानमन्त्री बन्ने उनीहरूले बताइरहेका छन् । ओलीले सोही प्रश्नको सांकेतिक जवाफ दिएका हुन् ।


    प्रतिक्रिया दिनुहोस