बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले तोक्यो खसीबोकाको मूल्य, कति पर्ला काठमाडौंमा जिउँदो खसीबोकाको मूल्य ?


    हुलाक प्रेस

    • सोमबार, असोज २९ २०८००७:४७
    सरकारले तोक्यो खसीबोकाको मूल्य, कति पर्ला काठमाडौंमा जिउँदो खसीबोकाको मूल्य ?

    काठमाडौं । सरकारले दशैंका लागि बिक्री गरिने खसीबोका तथा च्यांग्राको मूल्य तोकेको छ। सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबार मूल्य तोकेको हो।

    जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने च्यांग्राको १ हजार २६० रुपैयाँ तोकिएको छ। तोकिएको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट हुने खाद्य संस्थानकी प्रवक्ता सर्मिला न्यौपानेले जानकारी दिइन्।

    २ हजार खसी र १ हजार च्यांग्रा ल्याइएको न्यौपानेले बताइन्। जसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    थापाथलीस्थित बिक्री केन्द्रबाट खसीबोका मंगलबार बिहान ८ बजेबाट बिक्री सुरु हुने उनले जानकारी दिइन्।


    प्रतिक्रिया दिनुहोस