बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री


    हुलाक प्रेस

    • बुधबार, फागुन ३० २०८०१२:५०
    न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने बताएका छन् । 

    बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको विकल्प नरहेको बताए । उनले न्यूनतम साझा कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने बताए । 

    प्रधानमन्त्रीले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । पुनःगठनसँगै पुँजी बजारमा आएको सकारात्मकताले सरकारप्रति जनअनुमोदन र समर्थन मिलेको प्रधानमन्त्रीको भनाइ थियो ।

    प्रधानमन्त्रीले भने, "राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी एक ठाउँमा उभिनैपर्छ । सरकार गठनमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ । आज बेलुकासम्ममा सार्वजनिक पनि हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछ ।"


    प्रतिक्रिया दिनुहोस