शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविको लापरबाहीः ३० को महिनामा ३१ गतेको परीक्षा


    हुलाक प्रेस

    • शनिबार, चैत ३ २०८००४:४३
    त्रिविको लापरबाहीः ३० को महिनामा ३१ गतेको परीक्षा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।

    कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो ।

    त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने उल्लेख छ ।

    कार्यालयले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे स्नातक तहको चौथो वर्षको परीक्षा तालिका शुक्रबार सार्वजनिक गरेको हो ।

    TU exam laparbahi.jpg

     


    प्रतिक्रिया दिनुहोस