शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विद्यालयका सटर भाडा सम्झौता नविकरण नहुने


    हुलाक प्रेस

    • शनिबार, चैत ३ २०८००४:४७
    विद्यालयका सटर भाडा सम्झौता नविकरण नहुने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

    महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

    महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।

    School shutter.jpg


    प्रतिक्रिया दिनुहोस