बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादी नेता महरामाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन


    हुलाक प्रेस

    • आइतबार, चैत ४ २०८००२:३७
    माओवादी नेता महरामाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

    मन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरिक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर माओवादी उपाध्यक्ष महरा लगायतमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । 

    सुनको अबैध पैठारी(तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले चैत १ गते भेपभित्रको ९ किलो सुन तस्करीमा महरामाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । मन्त्री लामिछानेले महरासहित अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतलाई पनि कारबाही थाल्न भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस