काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसरसमक्ष बुझाएको छ ।
उनीहरु हतियारसहित सर्वोच्च प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् । सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने बताए ।