शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते


    हुलाक प्रेस

    • सोमबार, चैत ५ २०८००८:५३
    बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

    काठमाडौं । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए । 

    घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी  रहेकाे प्रहरीले जनाएकाे छ  ।


    प्रतिक्रिया दिनुहोस