बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ८ महिनामा १६ अर्बको सुन भित्रियो


    हुलाक प्रेस

    • मंगलबार, चैत ६ २०८००२:३३
    ८ महिनामा १६ अर्बको सुन भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १९ सय केजी सुन आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १९ सय १ केजी ८६४ ग्राम सुन नेपाल आयात भएको हो । 

    उक्त सुन आयातबाट १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ विदेशिएको छ भने २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्वमा योगदान पुगेको छ । 

    उक्त आयात भएको सुन मध्ये ४०० केजी फागुन महिनामा मात्र आयात भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार यो अवधिमा नेपालमा यूनाईटेड अरब ईमिरेट्स, टर्की र भारतबाट सुन आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै यूएईबाट आयात भएको छ । 

    यूएईबाट १८ सय केजी ५०० ग्राम सुन आयात हुँदा टर्कीबाट १०० केजी र भारतबाट १ केजी ३६४ ग्राम सुन आयात भएको छ ।


    प्रतिक्रिया दिनुहोस