बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजारमा अधिक तरला, १४ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब खिच्दै


    हुलाक प्रेस

    • बुधबार, चैत ७ २०८००९:०५
    बजारमा अधिक तरला, १४ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब खिच्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत्र ८ गते बिहिबार बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम खिच्न लागेको हो । 

     उक्त निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बोलकबोलको लागि दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बिहिबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

    इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहु ब्याजदरमा बहु बोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

     स्थायी निक्षेप सुविधा मार्फत निक्षेप लिंदा पनि तरलता अधिक नै भएपछि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।आज बुधबार मात्र बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब ३० करोड रुपैयाँ सिधै राष्ट्र बैंकमा निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार र बुधबार राष्ट्र बैंकमा सिधै निक्षेप राख्न सक्छन्, जसमा उनीहरुले ३ प्रतिशत ब्याज पाउछन् । 

     


    प्रतिक्रिया दिनुहोस