शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बागमतिमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै


    हुलाक प्रेस

    • बिहीबार , चैत ८ २०८००८:३८
    बागमतिमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै

    काठमाडौं । वागमती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो डोज दिइँदै छ । गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।

    जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ । सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ । 

    कस्तो हो एचपीभी खोप, कति प्रभावकारी ?

    एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । 

    एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुन्छन् । तीमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् । एचपीभीविरुद्धको खोपले यीनै जीवाणुविरुद्ध काम गर्ने र यस खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको हो ।


    प्रतिक्रिया दिनुहोस