बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल, अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो


    हुलाक प्रेस

    • बिहीबार , चैत ८ २०८००८:४८
    अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल, अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  

    सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य प्रतिऔंस ३.२६ प्रतिशत अर्थात ०.८२ डलरले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतिऔंस २५.७ डलर कायम भएको छ ।  

    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले यस वर्ष ब्याजदरमा ३ प्रतिशतसम्मको कटौती गर्ने सम्भावना उच्च रहेकाले सुनको मूल्यमा वृद्धि भएको हो । ब्याजदरमा कमी आउने सम्भावना उच्च भएपछि लगानीकर्ताले सुनको खरिद बढाएका छन् । खरिद चाप उच्च भएका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको हो । फेडको बुधबार बसेको बैठकले हालका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । तर फेडका प्रमुख जेरोमी एच पावेलले यस वर्ष ३ प्रतिशतसम्म ब्याजदर कटौती हुनसक्ने संकेत दिएका छन् । उनले कटौतीको मिति उल्लेख नगरेपनि अर्थतन्त्र कुन रुपमा अघि बढ्छ भन्ने कुरामा निर्भर रहने बताए ।  

    फेडले बुधबार ब्याजदर ५.२५ देखि ५.५ प्रतिशत नै कायम गरेको छ । जुन २३ वर्षकै उच्च हो । अमेरिकामा मुद्रास्फिती उच्च रहेकाले यस वर्ष फेडले थुप्रै पटक  ब्याजदरमा कटौती गर्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।  

     


    प्रतिक्रिया दिनुहोस