बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , चैत ८ २०८०१०:५३
    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ

    काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल 'पक्राउ परेका' छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

    तर, आम आदमी पार्टीले भने केजरिवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

    भारतीय मिडिया रिपोर्टका अनुसार ईडीले केजरिवाललाई बिहीबार बिहान ११ बजे बोलाएको थियो । तर, उनी ईडीको प्रक्रियाविरुद्ध दिल्ली उच्च अदालत पुगेका थिए । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए ।

    तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । त्यसपछि उनलाई ईडीले पक्राउ गरेको हो । उनलाई भोलि नै अदालतमा पेस गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


    प्रतिक्रिया दिनुहोस