बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बने केजरिवाल, जेलबाटै दिल्ली सरकार चलाउने


    हुलाक प्रेस

    • बिहीबार , चैत ८ २०८०११:१२
    भारतमा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बने केजरिवाल, जेलबाटै दिल्ली सरकार चलाउने

    काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।

    केजरिवाल पदमै रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

    दिल्लीकी मन्त्री एवं आप पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

    "उहाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा जारी रहनुहुनेछ । यदि आवश्यक पर्‍यो भने उहाँले जेलबाट नै सरकार चलाउनुहुनेछ । उहाँलाई जेलबाट सरकार चलाउनबाट रोक्ने त्यस्तो कुनै नियम छैन," अतिशीले राष्ट्रिय राजधानी दिल्लीमा पत्रकारहरूसँग बोल्दै भनेकी छन् ।

    उनलाई अन्तःशुल्क नीति (सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट अथवा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।

    दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

     


    प्रतिक्रिया दिनुहोस