बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अलैंचीको मूल्य घट्यो, ८ महिनामा ११ प्रतिशतले कम


    हुलाक प्रेस

    • सोमबार, चैत १२ २०८००३:३१
    अलैंचीको मूल्य घट्यो, ८ महिनामा ११ प्रतिशतले कम

    काठमाडौं । कालो सुन भनेर चिनिने अलैंचीको निर्यात घटेको छ । आठ महिनाको अवधिमा ५ अर्ब रुपैयाँ बढीको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ८ महिनाको अवधिमा देशबाट ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँबरारबको अलैंची नियार्त भएको हो ।  

    जुन गत आवको सोहि अवधिको तुलनामा भने ११.७६ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा ५ अर्ब ८६ करोड ४४ लाख रुपैयाँबराबरको अलैंची निर्यात भएको थियो ।  

    भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुन महिनासम्म ३५ लाख ४५ हजार ४ सय ८० किलो अलैंची निर्यात भएको छ ।  

    ‘कालो सुन’ भनेर चिनिले अलैंची नेपालका ४५ जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा व्यावसायिक खेती हुने गरेको छ । 


    प्रतिक्रिया दिनुहोस