शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अब त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने


    हुलाक प्रेस

    • शुक्रबार, चैत १६ २०८००९:२१
    अब त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

    त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा बनाउने निर्णय गरेको हो । 

    "...त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ," त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

    लामो समयदेखि विद्यार्थीहरूले दुवै भाषामा प्रश्नपत्र बनाउन माग गर्दै आएका थिए ।

     


    प्रतिक्रिया दिनुहोस