शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला


    हुलाक प्रेस

    • शनिबार, चैत १७ २०८०१०:२१
    ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

    काठमाडाैँ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । 

    इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । 

    ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।

    मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ । 


    प्रतिक्रिया दिनुहोस