बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता


    हुलाक प्रेस

    • शनिबार, चैत २४ २०८००९:५३
    उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । इलाम–२ र बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उमेदवारी दर्ता हुन लागेको हो । 

    निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको छ । मनोनय दर्तापछि आज साँझ मनोनयन सूची प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । 

    आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

    २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन निह्न प्रदान गर्ने कार्यतालिका छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।


    प्रतिक्रिया दिनुहोस