काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । अध्यक्ष न्यौपानेले कलेजको सम्पत्ति गैरकानुनी रूपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले न्याैपानेलाई दोषी ठहर गरेको हो । साथै उनीमाथि हुने सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते (२०८१ वैशाख १६) पेशी तोक्न उक्त इजलासले आदेश दिएको छ ।
उक्त मुद्दामा तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो । तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको छ ।
उक्त मुद्दामा सफाइ पाउनेमा लवराज भट्टराई, रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, इल्या दीक्षित भट्टराई, प्रेमाकुमारी केसी, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन् ।