बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिष्ट, को- को छानिए ?


    हुलाक प्रेस

    • सोमबार, चैत २६ २०८००९:०२
    धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको सर्टलिष्ट, को- को छानिए ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ ।  

    अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।  

    समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । 

    समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ ।  

    अर्थमन्त्रालयले योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा सेबोन अध्यक्ष छनौट तथा सिफारिस समिति गठन गरेको थियो । समितिका सदस्यहरु अर्थसचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुप्मा उदय निरौला रहेका छन् ।

     


    प्रतिक्रिया दिनुहोस