काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो २ बजे बस्ने भएको छ । बिहान साढे ८ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको हो ।
बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकले मंगलबार बस्ने संसद् बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।