बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस


    हुलाक प्रेस

    • मंगलबार, चैत २७ २०८००९:२५
    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस

    काठमाडौ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।

    नेपाली कांग्रेसका संसदीय दलका नेता एव निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने कार्य असंवैधानिक भएको दाबी रिटमा गरेका छन्।

    सभामुख तटस्थ ब्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्‍याउन नमिल्ने जिकिर रिटमा गरिएको छ। यसअघि कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध यही आधारमा रिट दायर गरेको थियो।

    सर्वोच्चले सभामुखको मत जोड्न नपाउने आदेश गरेपछि कोशीको सरकार ढलेको थियो। उक्त रिटको पेशी चैत २८ गते तोकिएको छ। उक्त दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेका अधिकारीको सरकार ढल्ने छ।


    प्रतिक्रिया दिनुहोस