शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, चैत २७ २०८००९:४३
    डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु

    काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ ।

    उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अहिले घाइतेमध्ये एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यसअघि सोमबार डोल्पा जिल्ला अस्पतालमा उपचारका क्रममा एकजना सैनिक जवानको निधन भएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस