बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य आज पनि प्रतिऔस १३ डलरले बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, चैत २८ २०८००९:११
    सुनको मूल्य आज पनि प्रतिऔस १३ डलरले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.५६ प्रतिशत अर्थात १३.०९ डलरले बढेको छ ।  

    विहान ९ बजे यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३५१.८२ डलर कायम भएको छ ।  

    सुनका साथै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.९५ प्रतिशत अर्थात ०.२७ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतिऔंस २८.१४ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस