शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    हुलाक प्रेस

    • शुक्रबार, चैत ३० २०८००९:५९
    राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । 

    आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 


    प्रतिक्रिया दिनुहोस