बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकैदिन प्रतिऔंस ५१ डलरले बढ्यो


    हुलाक प्रेस

    • शुक्रबार, चैत ३० २०८०१०:२०
    सुनको मूल्य एकैदिन प्रतिऔंस ५१ डलरले बढ्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२२ प्रतिशत अर्थात ८८ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.३९ डलर कायम भएको छ ।  

    यस्तै चाँदीको मूल्य पनि ३.०७ प्रतिशत अर्थात ०.८५ डलरले बढेर प्रतिऔंस २८.७६ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस