शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो


    हुलाक प्रेस

    • सोमबार, वैशाख ३ २०८११०:५३
    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

    निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

    बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ । मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७२ रुपैयाँ ५० पैसाबाट १ सय ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

    यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७४ रुपैयाँ ५० पैसाबाट १ सय ७७ रुपैयाँ कायम भएको छ ।

    यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँबाट १ सय ७८ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेल एक लिटरको मूल्य क्रमशः १ सय ५८, १ सय ६० र १ सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस