काठमाडौं । धनगढीमा मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ परेका छन् ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट प्रहरीका सहायक हवल्दार करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ६ किलो ७४० ग्राम चरेश पनि बरामद गरिएको छ। प्रहरीले बरामद गरेको चितुवाको छालाको उचाई ७ फिट ६ इन्च रहेको छ भने चौडाई १ फिट १० इन्च रहेको छ।