शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस


    हुलाक प्रेस

    • बुधबार, वैशाख १२ २०८१०९:४५
    १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस

    काठमाडौँ । लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् । 

    आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । जसअनुसार न्याय सेवामा दीपक भण्डारी र दीपशिखा मुनाकमी, परराष्ट्र सेवामा ज्ञानबहादुर मगर, लेखा परीक्षण सेवामा राजेन्द्र प्रसाद ओझा सिफारिस भएका छन् । 

    यस्तै प्रशासन सेवामा विनोद कुमार खड्का, राजन पौडेल, पुरुषेत्तम शर्मा, कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएको आयोगले बुधबार सूचनामार्फत जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस