बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फ्रान्समा अज्ञात समूहको धम्कीका कारण ८ वटा विमानस्थल खाली


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १ २०८०१०:३४
    फ्रान्समा अज्ञात समूहको धम्कीका कारण ८ वटा विमानस्थल खाली

    काठमाडौं । सुरक्षाकाे कारण देखाउँदै फ्रान्सका ८ वटा विमानस्थल बुधबारबाट खाली गरिएको छ । अज्ञात समूहले इमेलमार्फत 'धम्की' दिएपछि विमानस्थल खाली गराइएको हो ।

    सीएनएनसँग आबद्ध बिएफएम टिभी रिपोर्ट अनुसार दक्षिणी सहर टुलुसको एयरपोर्टले पनि बमको धम्कीका कारण खाली गरिएको र केही समय उडान रोकिएको बताएको छ । सुरक्षाकै कारण पेरिसबाहिर नान्टेस र ब्यूवेस सहरका विमानस्थल पनि खाली गरिएको बताइएको छ ।

    यस्तै, पूर्वी फ्रान्सको लियोन ब्रोन एयरपोर्ट र दक्षिणी सहर नाइसको एयरपोर्ट पनि खाली गराइएको र पछि फेरि सञ्चालनमा आइसकेको बताइएको छ ।

    यसैबीच पेरिस नजिकैको भर्साइलको दरबारबाट समेत त्यहाँ आएका अवलोकनकर्ताहरुलाई खाली गरिएको बताइएको छ । यो दरबारमा एक हप्ताभन्दा कम समयमा तेस्रोपटक खाली गरिएको हो ।

    गत हप्ता उत्तरी सहर अरासको एक विद्यालयमा चक्कु प्रहारको घटनापछि फ्रान्सले आफ्नो सुरक्षा सतर्कतालाई उच्च स्तरमा पुर्‍याएको  छ ।


    प्रतिक्रिया दिनुहोस