बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा आज दोस्रो चरणको निर्वाचन, केही स्थानमा मतदातालाई निःशुल्क बियर र ट्याक्सी !


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १४ २०८१०८:३९
    भारतमा आज दोस्रो चरणको निर्वाचन, केही स्थानमा मतदातालाई निःशुल्क बियर र ट्याक्सी !

    नयाँ दिल्ली । भारतमा आज दोस्रो चरणको निर्वाचन हुन लागिरहेको छ । आज लोकसभाका लागि १३ राज्यका ८८ सिटका लागि मतदान हुनेछ । 

    आज केरलाका २० सिट, कर्णाटकाका १४ सिट, राजस्थानका १३ सिट,महाराष्ट्र र उत्तर प्रदेशका ८/८ सिट,मध्य प्रदेशका ७ सिट, आसाम र विहारका ५/५ सिट, छत्तीसगढ र पश्चिम बंगालका ३/३ सिट तथा मणीपुर, त्रिपुरा र जम्मु एण्ड कश्मीर हरेकमा १/१ सिटका लागि मतदान हुनेछ । 

    पहिलो चरण अन्तर्गत १२१ सिटको लागि यही अप्रिल १९ तारेखमा भारतमा मतदान भएको थियो । विभिन्न सात चरणमा हुन लागेको भारतको निर्वाचन जुन १ मा सकिनेछ । दक्षिण भारतीय सहर बेंगलुरुमा धेरै कम्पनीहरुले लोकसभा चुनावमा मतदान गर्ने मतदातालाई निःशुल्क खाना, बियर र ट्याक्सी चढ्ने सुविधा अफर गरेका छन् ।

    कर्णाटकाको बेंगलुरुमा अक्सर कम मतदाता विगतमा सहभागी हुने गरेका थिए ।  त्यसैले यसपटक धेरै भन्दा धेरैलाई आकर्षित गर्न यस्ता अफर गरिएको जनाइएको छ । त्यसैले होटल, ट्याक्सी र अन्य कम्पनीहरुले यस्तो अफर गरेका हुन् ।

    जस अन्तर्गत निःशुल्क बियर र स्वास्थ्य चेकजाँचको अफर पनि रहेको छ । ती सुविधाको लागि मतदाताले औंलामा मतदान गरेपछि लगाइने मसी देखाउनुपर्ने जनाइएको छ ।  सो राज्यको उच्च अदालतले निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी खाना निःशुल्क वा डिस्काउन्टमा दिन होटल एशोसिएसनलाई आग्रह गरेको थियो । 

    कतिपय होटलहरुले मतदातालाई निःशुल्क कफी र डोसा समेत अफर गरेका छन् । सन् २०१९को आम चुनावमा बैंगलोरमा केवल ५३ दशमलब ७ प्रतिशत मात्रै मतदान भएको थियो । 


    प्रतिक्रिया दिनुहोस