शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १४ २०८११०:५१
    काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।

    प्रवक्ता नविन मानन्धरका अनुसार बेलुकाको समय भने परिवर्तन गरिएको छैन । सञ्चालन समय महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागु हुने महानगरले जनाएको छ । 

    थप समयमा काम गर्नका लागि कर्मचारीहरूलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड, २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी बहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

    बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ । 


    प्रतिक्रिया दिनुहोस