बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बझाङ केन्द्र विन्दु बनाएर फेरि भूकम्प


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २ २०८००८:०६
    बझाङ केन्द्र विन्दु बनाएर फेरि भूकम्प

    बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । 

    गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

    भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । रासस


    प्रतिक्रिया दिनुहोस