बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मतदान समय सकियो, इलाम-२ मा ६६ हजार हाराहारीमा मत खसेको अनुमान


    हुलाक प्रेस

    • शनिबार, वैशाख १५ २०८१०५:४३
    मतदान समय सकियो, इलाम-२ मा ६६ हजार हाराहारीमा मत खसेको अनुमान

    काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । शनिबार बिहान ७ देखि सुरु मतदान बेलुका ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    प्राम्भिक तथ्यांकानुसार इलाम–२ मा ६६ हजार हाराहारी मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । यो भनेको ५७ प्रतिशत मतदान हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् ।

    हृदयाघातका कारण गएको भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका निम्ति उपनिर्वाचन गरिएको हो । ४२ वडा रहेको यो निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल कायम गरिएको थियो । ती मतदानस्थलमा १४९ मतदान केन्द्रमा मतदान भएको हो ।


    प्रतिक्रिया दिनुहोस