शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं विश्वका प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८१०९:५७
    काठमाडौं विश्वका प्रदुषित सहरको सूचीमा पहिलो नम्बरमा

    काठमाडौं । मुलुकको राजधानी काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमै छ ।

    एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा आइतबार पनि काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ । गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम छ ।

    आज (आइतबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १७७ छ । गएको शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक २०६ थियो । 

    विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा आज चीनको चेङ्दु प्रान्त छ भने तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माईछ । चीनको चेङ्दुको एक्यूआई आज १६९ छ भने थाइल्यान्डको चियाङ माइको १६८ छ । 

    प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ । १०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन् । १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ । 

    त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ ।  

    काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । काठमाडाैँ उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ । 

    ktm pollution iq.jpg


    प्रतिक्रिया दिनुहोस