बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य प्रतिऔंस ७ डलरले बढ्यो, कति पुग्यो मूल्य ?


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८११०:१०
    सुनको मूल्य प्रतिऔंस ७ डलरले बढ्यो, कति पुग्यो मूल्य ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य अन्तराष्ट्रिय बजारमा ०.३१ प्रतिशत अर्थात प्रतिऔंस ७.२९ डलरले वृद्धि भएको हो ।  

    यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३३७.९३ डलर कायम भएको छ । यो अवधिमा अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.१८ डलरले घट्दै प्रतिऔंस २७.१८ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस