बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८११०:१३
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक ललगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।  

    उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस