शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु 


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८१०२:२२
    बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु 

    काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु गरिएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो ।

    जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले मतगणना सुरु गरिएको जानकारी दिए ।

    नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा रहेका छन् । 

    बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

     


  • सम्बन्धित विषय:

  • # #election
  • # #bajhang
  • प्रतिक्रिया दिनुहोस