शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • आइतबार, वैशाख १६ २०८१०३:२६
    बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

    काठमाडौं । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ ।

    न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश गरेको हो ।

    जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो ।

    सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । उच्च अदालत रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार अदालतको आदेशपछि अब प्रतिवादीका नाममा म्याद जारी हुनेछ ।


    प्रतिक्रिया दिनुहोस