काठमाडौं । दोस्रो टी २० खेलमा नेपाल वेष्ट इण्डिज ए सँग पराजित भएको छ । वेष्ट इण्डिज ए ले घरेलु टोली नेपाललाई १० रनले हराएको हो ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
यो सँगै पाँच खेलको टी २० सिरिज १/१ को बराबरीको अवस्थामा पुगेको छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
अब तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।