बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलाममा सुहाङले अझै बढाए मतान्तर, मुढाको पनि मत बढ्यो तर घन्टी निकै पछि


    हुलाक प्रेस

    • सोमबार, वैशाख १७ २०८१०९:३६
    इलाममा सुहाङले अझै बढाए मतान्तर,  मुढाको पनि मत बढ्यो तर घन्टी निकै पछि

    काठमाडौं । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढाएका छन् । 

    पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० महतसहित पछ्याइरहेका छन् । 

    यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ६ सय ३४ मत पाएका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३ सय ५ मतमै सिमित भएका छन् । 

    एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।


    प्रतिक्रिया दिनुहोस