शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चिनिया सेनामा हेरफेर, नयाँ युनिट किन बनाइयो ?


    हुलाक प्रेस

    • सोमबार, वैशाख १७ २०८११०:००
    चिनिया सेनामा हेरफेर, नयाँ युनिट किन बनाइयो ?

    बेइजिङ्ग । चीनले आधुनिक युद्धको चुनौती सामना गर्नका लागि सेनामा महत्वपूर्ण फेरबदल गरेको छ । 

    पछिल्लो एक दशकमा चिनिया सेनामा गरिएको योे सबैभन्दा ठूलो फेरबदल  हो ।  १९ अप्रिलका दिन चीनले नयाँ सैन्य युनिट बनाउने घोषणा गरेको थियो । चीनको सरकारी समचार एजेन्सी सिन्ह्वाका अनुसार यो सैन्य युनिटलाई इन्फर्मेसन सपोर्ट फोर्सको नाम दिइएको छ । 

    एक विशेष कार्यक्रमका बीच सो युनिटको घोषणा गरिएको थियो । कार्यक्रममा राष्ट्रपति सी जिनपिङ्गका साथै केन्द्रीय सैन्य आयोगका कैयौं वरिष्ठ व्यक्ति सामेल थिए । 

    राष्ट्रपति सी सैन्य आयोगका प्रमुख हुन् । उनले कार्यक्रममा सहभागी अधिकारीहरुसँग सो स्पेसल युनिट सेनाको रणनीतिक इकाई हुने र जसको काम नेटवर्क इन्फर्ममेसन सिस्टमलाई मजबुद गर्नु रहेको जनाएका थिए । 

    उनले युनिटमा बफादारीको अवस्था हुनुपर्ने जनाउँदै पार्टीको आदेशलाई दृढतापूर्वक सुन्न निर्देशन दिएका थिए । पछिल्लो पटक सेनामा ठूलो परिवर्तन गर्दा ३१ डिसेम्बर २०१५मा बनाइएको रणनीतिक सहयोग फोर्सलाई भंग गरिएको थियो । 

    चीनको रक्षा मन्त्रालयले सेनाको नयाँ युनिट गठन गरिएको जानकारी गराउन एक पत्रकार सम्मेलनकै आयोजना गरेको थियो ।  प्रवक्ता वू कियानले सो अवसरमा नयाँ सुधार अन्तर्गत अब पिपुल्स लिबरेसन आर्मीसँग चारवटा सर्भिसेज रहेको जनाउँदै जसमा सेना, नौसेना, वायुसेना र रकेट फोर्स रहेको जनाएका थिए । 

    उनले चार सर्भिसेज बाहेक चार आर्म्स पनि रहेको उनले जनाएका थिए ।  त्यसमा एयरस्पेस फोर्स, साइबर स्पेस फोर्स, इन्फर्मेसन सपोर्ट फोर्स र ज्वाइन्ट लजिस्टिक सपोर्ट फोर्स सामेल रहेको उनको भनाई थियो ।

    उनका अनुसार एयरस्पेस फोर्सको मद्धतले चीन अन्तरिक्षमा आफूलाई बलियो बनाउन सफल हुनेछ । जबकि साइबर स्पेस फोर्सले देशलाई साइबर हमलाबाट बचाउनेछ र डेटाको सुरक्षाको लागि पनि मद्धत गर्नेछ ।

    यद्यपि उनले नयाँ युनिटको बारेमा धेरै जानकारी दिएनन् ।  सेनाको अखबार पीएलए डेलीले आधुनिक युद्धमा जित सूचनामा निर्भर हुने जनाउँदै यो अवस्थामा जसको साथ बढी सूचना हुन्छ उसले युद्धमा सफलता हासिल गर्ने जनाएको छ ।

    रणनीतिक फोर्समा काम गर्नेलाई नयाँ जिम्मेवारी

    चीनको मिडियाको भन्दा पनि बढी चासो हङ्गकङ्गको मिडियामा सेनाको नयाँ युनिटको नेतृत्व कसले गर्ला भन्ने  थियो ।  अहिले लेफ्टीनेन्ट जनरल बी यीलाई नयाँ युनिटको कमान्डर बनाइएको छ । उनी यसअघि रणनीतिक फोर्सको उपकमान्डर रहेका थिए । 

    हङ्गकङ्गको स्वतन्त्र समाचारपत्र मिंग पाओका अनुसार रणनीतिक सपोर्ट फोर्सका राजनीतिक कमिश्नर रहिसकेका ली वेईलाई नयाँ युनिटको राजनीतिक कमिश्नर बनाइएको छ । सिंग ताओ डेलीका अनुसार रणनीतिक सपोर्ट फोर्सका पूर्व कमान्डर तथा चिनिया कम्युनिस्ट पार्टीका २०औँ केन्द्रीय समितिका सदस्य जू कियानशेंग भने नयाँ युनिटको नेतृत्व गर्नका लागि छानिएनन् । 

    यसले गर्दा उनी सैन्य भ्रष्टाचार मामिलामा अल्झिएको आकलन हुन थालेको छ । संयोगले भ्रष्टाचारको मामिला सामना गरिरहेका पूर्वरक्षामन्त्री ली शांगफू २०१६मा रणनीतिक सपोर्ट फोर्सका उपकमाण्डर रहेका थिए ।

    समुद्रमा चीनको तयारी 

    यसैबीच चीनले किंगदाओमा मे २१ देखि अप्रिल सम्म १९ औं द्विवार्षिक पश्चिमी प्रशान्त नौसेना कार्यक्रमको आयोजना गरेको थियो ।  यो कार्यक्रमको केन्द्रमा साझा भविश्यको लागि समुद्रको बारेमा चर्चा गरिएको थियो ।

    चीनका मिडियाले यो कार्यक्रमलाई यस क्षेत्रमा चीनले शान्ति चाहेको रुपमा व्याख्या गरेका थिए । तिनै मिडियाले  अमेरिकाले भने सो क्षेत्रमा तनाव निम्त्याउन खोजेको आरोप लगाएका थिए । बीबीसीबाट 
     


    प्रतिक्रिया दिनुहोस