काठमाडौं । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको अहिलेसम्मको मतपरिणामअनुसार कांग्रेस ८३ मतले अगाडि छ।
प्राप्त मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार एक सय ६७, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार ८४, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार पाँच सय ३५, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार २७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काले २२० मत प्राप्त गरेकाे निर्वाचन आयोगले जानकारी दिएको छ ।