शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इलाम अपडेट : सुहाङ १३ हजार ६९ मतसहित अग्रस्थानमा


    हुलाक प्रेस

    • सोमबार, वैशाख १७ २०८१०२:०४
    इलाम अपडेट : सुहाङ १३ हजार ६९ मतसहित अग्रस्थानमा

    काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १३ हजार ६९ मत पाएका छन् ।

    दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले आठ हजार ३८६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बू भने धेरै पछाडि परेका छन् । हालसम्म उनले एक हजार ७१३ मत पाएका छन् । मतगणना जारी छ ।
     


    प्रतिक्रिया दिनुहोस