बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १८ २०८१०८:०२
    इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

    काठमाडौं । इलाम- २ मा शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै  उनी  विजयी भएका हुन् । 

    उनले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाए । 


    प्रतिक्रिया दिनुहोस