शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने


    हुलाक प्रेस

    • बुधबार, वैशाख १९ २०८१०६:१९
    पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

    काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन् । 

    निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने, “आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्छौं ।”

    रासस


  • सम्बन्धित विषय:

  • # #pasupati
  • प्रतिक्रिया दिनुहोस