शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चितवनमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , वैशाख २० २०८१११:२६
    चितवनमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  रत्ननगर नगरपालिका–३ का  सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । 

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।

    उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • प्रतिक्रिया दिनुहोस